समाचारबिहीबार, जेठ ९, २०७०

‘न्यायपालिकामा कार्यपालिकाको छायाँ पर्‍यो’

हिमालखबर

अधिवक्ताद्वय ओमप्रकाश अर्याल र भरत जङ्गमले प्रधानन्यायाधीशलाई चुनावी सरकारको प्रमुख बनाउन नहुने भन्दै बेग्ला बेग्लै दर्ता गराएको रिट निवेदन पटक पटक पेशीमा चढ्दै अर्को पेशी तोक्ने क्रम जारी छ ।

दुवै रिट एकै प्रकृतिका भएकाले एकै पटक सुनुवाई गर्ने भन्दै सर्वोच्चले गत १ चैतमा सँगै पेशी तोकेको थियो । तर, पछिल्लो पटक ९ जेठमा पेशी तोकिएको सो रिटमाथि सुनुवाई नभएपछि अर्को पेशी पनि तोकिएको छैन ।

“शुरुमा वेञ्चले नै महत्वपूर्ण र गम्भीर विषय भन्दै छिटो सुनुवाई गर्न आफैं पेशी तोक्यो, तर अहिले यसलाई टार्ने काम मात्रै भइरहेको छ,” रिट निवेदक अधिवक्ता ओमप्रकाश अर्यालले हिमालखबरसँग भने । उनले भने, “खिलराज रेग्मी सम्बन्धी मुद्दा सर्वोच्चले समय बढाउँदै टार्न खोजिरहेको जस्तो देखिन्छ, न्यायपालिकामा कार्यपालिकाको छायाँ परेको छ ।”

एमाओवादीले गत फागुनमा हेटौडा महाधिवेशनबाट प्रधानन्यायाधीश खिलराज रेग्मीलाई सरकारको नेतृत्व दिने निर्णय गरेलगत्तै ६ फागुनमा अधिवक्ता भरतमणि जंगमले सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए ।

त्यसपछि एमाओवादी लगायत चार दलले प्रधानन्यायाधीशलाई सरकारको नेतृत्व गर्न गरेको प्रस्तावलाई सकारात्मक रुपमा लिएका प्रधानन्यायाधीश खिलराज रेग्मीले १४ फागुनमा विज्ञप्ति जारी गरेपछि अधिवक्ता ओमप्रकाश अर्यालले १५ फागुनमा रिट दायर गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>