समाचारबिहीबार, जेठ ९, २०७०

सबैको सहभागिता सुनिश्चित भएपछि मिति तोकिन्छः रेग्मी

हिमालखबर

९ जेठमा आफ्नै कार्यकक्ष सिंहदरबारमा रिपोर्टर्स क्लब नेपालको ज्ञापनपत्र बुझ्दै मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले निर्वाचनलाई स्वतन्त्र र धाँधली रहित बनाउने विषयमा कुनै सम्झौता नगर्ने बताएका छन् ।

असन्तुष्टहरुसँग सार्थक वार्ता गरेर निर्वाचनको बातावरण बनाउन दवाव दिने उद्देश्यले रिपोर्टर्स क्लब नेपालले शुरु गरेको अभियान अन्तर्गत ज्ञापनपत्र बुझाउन गएको रिपोर्टर्स क्लबको टोलीसँगको कुराकानीमा रेग्मीले नेपाली जनता, राजनीतिक दलहरु र नेपालको भविष्य निर्धारणको लागि निर्वाचनको विकल्प नभएको भन्दै जतिसक्दो चाडो निर्वाचनको मिति घोषणा गर्न आफू हतारिएको पनि दाबी गरे ।

उनले विगतबाट पाठ सिकेर अघि बढ्न राजनीतिक दलहरुलाई आग्रहसमेत गरे ।

रेग्मीले भने, “ निर्वाचन भयो भने मात्रै मुलुकले संक्रमणबाट निकास पाएर सहि ट्रयाकमा हिडन सक्छ ।” त्यसको लागि आफूले सबै दलहरुसँग अन्तरक्रिया गरेर धारणा बुझ्ने प्रयास गरिरहेको रेग्मीले बताएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>