समाचारशुक्रबार, जेठ १०, २०७०

गृहमन्त्री सप्तरी पुगे, बन्द खुल्यो

हिमालखबर

पूर्व सभासद् हकलाई श्रद्धाञ्जली दिन १० जेठ बिहान सप्तरीको कल्याणपुर–२ स्थित हकको घर पुगेका गृहमन्त्री माधवप्रसाद घिमिरेले हकको हत्या दुखद घटना भएको भन्दै हत्यारालाई चाँडै कानूनी दायरामा ल्याउन राज्यले सुरक्षा संयन्त्र परिचालन गरिसकेको र अनुसन्धान जारी रहेको बताएका छन् ।

गृहमन्त्रीको प्रतिवद्धतासँगै ७ जेठदेखि बन्द सप्तरीमा यातायातका साधनहरु सुचारु भएका छन् भने जनजीवन सामान्य हुँदैछ ।

सरकारले पुर्वसभासद् हकको हत्या प्रकरणको न्यायिक छानविनका लागि एक महिनाभित्र प्रतिवेदन बुझाउन ९ जेठमा आयोग गठन गरेको छ ।

बिहान साढे आठ बजे घटनास्थल पुगेका गृहमन्त्री घिमिरेले पूर्वसभासद् हककोे पार्थिव शरीरमा श्रद्धाञ्जली पनि अर्पण गरे । करिब २० मिनेटसम्म हकका परिवारसँग कुराकानी गरेका गृहमन्त्रीले हत्यामा संलग्नलाई पक्राउ गरि कार्वाही गर्न सरकारले कुनै कसर बाँकी नराख्ने अश्वासन दिएका थिए ।

गृहमन्त्री घटनास्थलमै आएर सम्बोधन नगरेसम्म आन्दोलन जारी राख्ने स्थानीयको चेतावनीपछि गृहमन्त्री घिमिरे आज बिहानै सप्तरी पुगेका हुन् ।

हकको आजै मुस्लिम परम्परा अनुसार अन्त्येष्टि गरिंदैछ ।

श्रवणकुमार देव, सप्तरी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>