समाचारशनिबार, जेठ ११, २०७०
अफगानिस्तानः विष्फोटमा एक नेपालीको मृत्यु, दुई घाइते
१० जेठ साँझ काबुलको अन्तर्राष्ट्रिय आप्रवासन संगठन ९आईओएम०को आवासगृहमा चरमपन्थी तालिवानीले गरेको आक्रमणमा परी एक नेपाली सुरक्षा गार्डको मृत्यु भएको र अन्य दुई जना नेपाली घाइते भएको बीबीसीले जनाएको छ । मृतक र घाइतेहरुको नाम खुलाइएको छैन ।
आइओएमको गेष्टहाउसमा भएको उक्त विष्फोटपछि धेरै बेरसम्म गोलीबारी भएको काबुल टेलिभिजनले जनाएको छ ।
आइओएमको गेष्ट हाउसलाई निशान बनाएर आक्रमण गरेको तालिबानका प्रवक्ताले बीबीसीलाई बताएका छन् ।
एएफपीले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै एउटा विष्फोटपछि अर्को ठूलो विष्फोटको आवाज सुनिएको बताएको छ ।

