थप समाचारशनिबार, जेठ ११, २०७०

भारततर्फ लैजांदै गरिएका ५९ ओटा गाई–गोरु प्रहरी नियन्त्रणमा

हिमालखबर

अञ्चल प्रहरी कार्यालय नारायणी वीरगञ्ज र जिल्ला प्रहरी कार्यलय बाराको सहकार्यमा १० जेठ राति मटिअर्वा नाका हुँदै भारततर्फ लैजाँदै गरिएका ५९ ओटा गाई पक्राउ गरिएको प्रहरी निरीक्षक खर्कनारायण साहले बताएका छन् ।

७० भन्दा वढीको संख्यामा गाई–गोरु भारत निकासी गर्न थालेका तस्करहरु प्रहरी देख्ने बित्तिकै भारतीय सीमा तर्फ भागेको प्रहरी निरीक्षक साहले बताए ।

एकै पटक ठूलो संख्यामा गाई–गोरु नियन्त्रण लिने प्रयासमा केही गाइहरु खेततिर भागेको र रातिको समय भएकाले सबै नियन्त्रणमा लिन नसकेको साहले जानकारी दिए ।

नियन्त्रणमा लिएका गाई–गोरु वाराको गण्डकस्थित प्रहरी विट नजिकै एक गोदाममा राखिएको छ । प्रक्रिया पुर्‍याएर वीरगञ्ज भन्सारको जिम्मा लगाउने अञ्चल प्रहरी कार्यालय नारायणीले जानकारी दिएको छ ।
बिम्मी शर्मा, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>