समाचारशनिबार, जेठ ११, २०७०

राजदूतले भने, ‘महतोजीका मनोबल बना रहे’

हिमालखबर

संविधानसभाको निर्वाचनको मिति घोषणा लगायतका १० बुँदे मागसहित अनशन बसेका सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलार्इं प्रहरीले १० जेठ दिउँसो बल प्रयोग गरी वीर अस्पतालमा भर्ना गराएको थियो । अस्पतालमा रहेका महतोलाई नेपालका लागि भारतका राजदूत जयन्त प्रसादले ११ जेठमा भेट गरी उनको स्वास्थ्य लाभको कामनाका साथै अनशन स्थगनको कामना गरेका छन् ।

१० जेठ विहान अस्पताल पुगेका राजदूत प्रसादले अध्यक्ष महतोको स्वास्थ्यस्थितिमा सुधार आउने अपेक्षा गर्दै अनसन जतिसक्दो चाँडो सकिनेमा आफु विश्वस्त भएको बताएको महतोका प्रेस सहयोगी निमेष कर्णले बताए ।

कर्णका अनुसार अध्यक्ष महतोको स्वास्थ्य स्थितीबारे जानकारी लिन गृहमन्त्री माधव घिमिरे र स्वास्थ्यमन्त्री विद्याधर मल्लिक पनि आज विहान अस्पताल पुगेका थिए । भेटमा मन्त्रीद्वयले सद्भावनाले उठाएका मागप्रति सरकार गम्भीर रहेको भन्दै अनशन स्थगन गर्न महतोसँग आग्रह गरे ।

उच्च रक्तचाप र मधुमेह रोगका विरामी महतोको अवस्था सुधारोन्मुख रहेको चिकित्सकहरुले बताएका छन् ।

महतोले संविधानसभा निर्वाचनको मिति घोषणा, निर्वाचन क्षेत्र पूननिर्धारण आयोग गठन, शान्तिवार्तामा आएका तराईका सशश्त्र समूहलाई चुनावी प्रक्रियाबाट मुलधारमा ल्याउनु पर्ने, नेपाल–भारत सीमामा भारतीय रुपैयाँ सटही काउन्टर स्थापना लगायत १० बुँदे माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने बताएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>