थप समाचारशनिबार, जेठ ११, २०७०
२६ किलो चरेससहित ५ जना पक्राउ
शरीरका विभिन्न भागमा चरेस लुकाएर वीरगञ्ज लैजान लागेका बाराको सिमरा–६ बस्ने सुमिल खातुन र शेख मोजाई, वीरगञ्ज रानीघाट– ११ का शिवशंकर दास र शिला दास, जीतपुर ४ बाराकी सुमिना खातुनलाई नारायणगढ प्रहरीले विशेष सुराकीका आधारमा नारायणगढको सौगात गेष्ट हाउसबाट पक्राउ गरेको छ ।
पक्राउ परेका पाँचै जनालाई जिल्ला प्रहरी कार्यलय चितवनमा राखिएको छ । उनिहरुलाई लागु औषध ओसार प्रसार ऐन सम्वन्धि मुद्धा चलाईने जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ ।
