समाचारशनिबार, जेठ ११, २०७०

मंसीरभित्रै निर्वाचन गर्न महासचिव बानको अपील

हिमालखबर

महासचिव बानले एक वक्तव्य जारी गर्दै नेपालमा विकसित घटनाक्रमलाई नजिकबाट नियालीरहेको तथा प्रमुख राजनीतिक दलबीच हालै भएको ११ बुँदे सहमतिअनुसार संविधानसभाको निर्वाचन सम्पन्न गर्न अपिल गरेका छन् ।

गत चैतमा प्रमुख चार राजनीतिक दलबीच असार ७ गते वा मंसीरभित्र संविधानसभाको निर्वाचन सम्पन्न गर्न भएको सहमतिअनुरुप प्रधानन्यायाधीशलाई सरकार प्रमुखमा नियुक्त गरिएको महासचिव बानले वक्तव्यमा स्मरण गराएका छन् ।

“शान्तिप्रक्रियाको सफलताका लागि नेपालसँग निकट सम्पर्कमा रहेर काम गर्न राष्ट्रसङ्घ प्रतिबद्ध छ”– महासचिव बानले सहयोगको निरन्तरताप्रति दृढता व्यक्त गर्दै वक्तव्यमा भनेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>