समाचारआइतबार, जेठ १२, २०७०

छत्तिसगढमा माओवादी आक्रमण: कांग्रेस वरिष्ठ नेतासहित २७ को मृत्यु

हिमालखबर

छत्तिसगढका कांग्रेस बरिष्ठ नेता महेन्द्र कर्मामाथि पटक पटक माओवादी आक्रमण भएको थियो ।

टाइम्स अफ इण्डियाका अनुसार ११ जेठमा चुनावी र्‍यालीमा गइरहेका कांग्रेस नेताहरुलाई बत्सर जिल्लाको जिरम उपत्यकामा माओवादीहरुले एम्बुस विष्फोटका साथै गोली हानेर हत्या गरेका छन् ।

छत्तिसगढका वरिष्ठ प्रहरी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले पूर्व विधायक उदय मुदलियार र गोपी माधवानीको मृत्यु भएको उल्लेख गरेको छ ।

आक्रमणबाट गम्भीर घाइते पूर्व केन्द्रीय मन्त्री विद्या चरण शुक्ललाई थप उपचारका लागि दिल्ली पुर्‍याइएको छ ।

पहिले प्रदेश अध्यक्ष नन्दकुमार पटेल र उनका छोरा अपहरणमा परेको बताइए पनि पछि दुवैको शव घटनास्थलमै फेला परेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

कांग्रेसको ‘परिवर्तन यात्रा’ माथि माओवादी हमला भएको थियो । घटनापछि भारतीय प्रधानमन्त्री मनमोहन सिंह र कांग्रेस अध्यक्ष सोनिया गान्धी आजै छत्तिसगढ जाँदैछन् ।

यात्रामा छत्तिसगढ कांग्रेका अध्यक्ष नन्दकुमार पटेल, पूर्व केन्द्रीय मन्त्री विद्याचरण शुक्ल, पूर्वमन्त्री अजित जोगी र विधानसभामा प्रतिपक्षका पूर्व नेता महेन्द्र कर्मा सहित १२० कांग्रेस नेताहरु थिए । तर, जोगी भने घटना हुनुभन्दा पहिले नै हेलिकप्टरबाट रायपुर गएकाले वच्न सफल भएका छन् ।

घटनापछि छत्तिसगढ राज्यमा तीन दिन राजकीय शोकको घोषणा गरिएको छ ।

————————————————————————————————————————

भारतको छत्तिसगढमा कांग्रेस नेताहरुमाथि आक्रमण

भारतको छत्तिसगढ राज्यको सुकमा जिल्लामा विद्रोही माओवादीहरुको आक्रमणमा परी बरिष्ठ कांग्रेस नेता महेन्द्र कर्मा लगायतका नेताहरु मारिएको खबर छ ।

हिमालखबर

शनिबार , ११ जेठ २०७० ११:०६ पम

टाइम्स अफ इण्डियाको अनलाईन संस्करणले जनाए अनुसार त्यहाँको कांग्रेस पार्टीको ‘परिवर्तन यात्रा’ मा विद्रोही माओवादीले ठूलो आक्रमण गरेका छन् । आक्रमणबाट कांग्रेस नेता महेन्द्र कर्मा र पूर्व विधायक उदय मुदलियारको ज्यान गएको छ भने पूर्व केन्द्रीय मन्त्री भिसी शुक्ला गम्भीर घाइते भएको बताइएको छ । यद्दपी यो समाचारको औपचारिक पुष्टि हुन बाँकी रहेको समाचारमा उल्लेख छ ।

बीबीसीले दंतेवाडाका कलेक्टरलाई उद्धृत गर्दै कांग्रेसका प्रदेश अध्यक्ष नन्दकुमार पटेल र उनका छोराको अपहरण भएको उल्लेख गरेको छ ।

प्रहरी अधिकारीहरुका अनुसार कांग्रेस नेताहरु सुकमा जिल्लामा सभा गरेर जगदलपुरतर्फ जाँदै थिए । यात्रमा छत्तिसगढ कांग्रेसका अध्यक्ष नन्दकुमार पटेल, पूर्व केन्द्रीय मन्त्री विद्याचरण शुक्ल, पूर्व मुख्यमन्त्री अजित जोगी र कांग्रेस वरिष्ठ नेता महेन्द्र कर्मा लगायत सहभागी थिए ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार करिब २० सवारी साधनको लस्कर जिरम उपत्यका नजिक पुग्दा माओवादीहरुले रुख ढालेर सडक अवरुद्ध पारेका थिए । करिब दुइसयको संख्यामा रहेका उनीहरुले अन्धाधुन्ध फायरिंग शुरु गरे र एम्बुस समेत विष्फोट गराए ।

छत्तिसगढमा यसै वर्ष निर्वाचन हुँदैछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>