थप समाचारसोमबार, जेठ १३, २०७०
अखण्ड सुदुरपश्चिम माग गर्नेहरुको छुट्टै पार्टी
१२ जेठमा निर्वाचन आयोगमा पुगेको सुदूरपश्चिम जागरण मञ्चका अध्यक्ष पुष्करराज जोशी ‘लख्खा भाइ’ नेतृत्वको टोलीले ‘अखण्ड सुदूरपश्चिम पार्टी नेपाल’ दर्ता गराएको छ ।
पहिलो संविधान सभा विघटन हुनअघि जातीय राज्य विरुद्ध तथा अखण्ड सुदूरपश्चिम राज्यको माग गर्दै सशक्त आन्दोलन चलाएको सुदूरपश्चिम जागरण मञ्चसँग आबद्ध व्यक्तिहरुले नै अखण्ड सुदूरपश्चिम पार्टी नेपाल दर्ता गराएका हुन् ।
नयाँ दर्ता गरिएको पार्टीको अध्यक्षमा पुष्करराज जोशी रे सचिव हेमबाबु लेखक रहेको पार्टीको १५ सदस्यीय केन्द्रीय कार्य समितिका अन्य पदाधिकारी र सदस्यको नामावली सार्वजनिक गरिएको छैन ।
सो पार्टीले जातीय राज्यको विरोधका साथै अखण्ड सुदूरपश्चिम भन्ने नाराका साथ संविधानसभा निर्वाचनमा भाग लिने जनाएको छ ।
बच्चु विक, धनगढी
