समाचारसोमबार, जेठ १३, २०७०
नवलपरासीमा राजमार्ग सुचारु
१२ जेठ विहान बनाएको अस्थायी पुल (डाइभर्सन) राति आएको बाढीले बगाइदिए पछि अवरुद्ध सडक पुनः अस्थाइ डाइभर्सन निर्माण गरी आज विहानदेखि एकतर्फी यातायात सञ्चालनमा ल्याइएको सडक डिभिजन कार्यालय वुटवलले जनाएको छ ।
डाइभर्सन सञ्चालनमा आएपछि गए रातिदेखि बीच वाटोमै रोकिएका सवारी साधन अहिले गन्तव्यतर्फ लागेका छन् ।
पुल भाँच्चिएपछि बनाइएको डाइभर्सन एक महिनाभित्रै ४ पटक वाढिले वगासकेको छ ।
यसैबीच मुख्य पुल मर्मत अन्तिम चरणमा पुगिसेकोले आजै दिउँसोबाट हलुका सवारी साधनलाई उक्त पुलबाटै आवत–जावत गराइने तयारी थालिएको सडक डिभिजन कार्यालयले जनाएको छ ।
उक्त पुल १ असोजमा भाँच्चिएको थियो ।
