समाचारसोमबार, जेठ १३, २०७०
हुम्लामा विमान दुर्घटना, सबै यात्रु सकुशल
हुम्ला सदरमुकाम सिमकोटमा १३ जेठ विहान अवतरण गर्ने क्रममा गोमा एअरको विमान पछाडि पट्टीको टायर पञ्चर भएर अनियन्त्रित भई दुर्घटना भएको उड्ययन कार्यालय सिमकोटले जनाएको छ । दुर्घटना भए पनि विमानमा रहेका सबै यात्रु सकुशल छन् ।
चालक दलका दुई सदस्यसहित ११ यात्रु रहेको 9ANAJU C20 विमान १० बजेर ४२ मिनेट जाँदा दुर्घटनामा परेको हो ।
दुर्घटनाबाट विमानको दाहिने पखेटा भाँच्चिएको छ भने पङ्खामा पनि क्षति पुगेको छ । दुर्घटनापछि केहीबेर अवरुद्ध भएको विमानस्थल अहिले सुचारु भइसकेको छ ।
