समाचारसोमबार, जेठ १३, २०७०
चारदलका कारण अन्यदलसँग वार्ता गर्न कठिनाईः मन्त्री मल्लिक
काभ्रको धुलिखेलमा १३ जेठमा आयोजित कार्यक्रममा स्वस्थ्यमन्त्री विद्याधर मल्लिकले प्रमुख राजनीतिक दलहरुबीचमा विवाद हुँदा संविधानसभाको मिति तोक्न ढिलाई भएको र आन्दोलनरत दलहरुसँग वार्ता गर्नमा पनि समस्या आएको आरोप लगाएका छन् ।
मन्त्री मल्लिकले दलहरुकै सहमतिमा निर्वाचनको मिति घोषणा हुने भन्दै प्रमुख दलहरु छिटो सहमतिमा पुग्न जरुरी रहेको बताए ।
‘कसैले भन्दैमा रेग्मीले राजीनामा नगर्ने’
उनले कसैले भन्दैमा मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीश पदबाट राजीनामा नदिने दाबी गरे ।
मन्त्री मल्लिकले प्रधान्यायाधीश पदबाट रेग्मीको राजीनामा मागेर दलहरुले राजनीतिक चर्चा बटुल्न खोजेको प्रतिक्रिया दिएका थिए ।
