समाचारसोमबार, जेठ १३, २०७०

रेग्मीको मुद्दामा कारण देखाउ आदेश जारी

हिमालखबर

अधिवक्ता सुवास आचार्यद्वारा ४ चैतमा दायर रिटमाथि सुनवाई गर्दै न्यायाधीश गिरिशचन्द्र लालको एकल इजलासले खिलराज रेग्मीलाई प्रधानन्यायाधीश हुँदाहुँदै मन्त्रिपरिषदको अध्यक्ष बन्नुको कारण १५ दिनभित्र लिखित पेश गर्न आदेश दिएको छ ।

सर्वोच्च अदालतले १ चैतमा जारी भएको २५ बुँदे बाधा अड्काउ फुकाउ आदेश पेश गर्न पनि आदेश दिएको छ ।

प्रधानन्यायाधीशलाई मन्त्रिपरिषद् अध्यक्ष बनाउनु र बाधा अड्काउ फुकाउनु असंवैधानिक भएको भन्दै अधिवक्ता आचार्यले ४ चैतमा सर्वोच्चमा रिट दर्ता गराएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>