समाचारसोमबार, जेठ १३, २०७०
एमाओवादीसँग एकता सम्भव छैनः चन्द
१३ जेठमा चितवनमा आयोजित कार्यक्रममा बोल्दै नेकपा–माओवादीका नेता नेत्रविक्रम चन्दले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई ‘फोहरको डुङगुरमा टुप्पी मात्र देखिने गरी बसेको’ भन्दै एमाओवादीसँग पार्टी एकता हुन नसक्ने बताएका छन् ।
चन्दले भने, ‘क्रान्तिको झण्डालाई विदेशीका पाउमा लगेर बुझाइदिने र झिङ्गा बस्ने ठाउँमा बस्न रुचाउने जमातहरू रहेको पार्टी एकीकृत माओवादीसँग अहिलेको अवस्थामा एकताको गुन्जायस छैन ।”
चन्दले लेण्डुप दोर्जे प्रवृत्तिहरुका कारण देश इतिहासकै जोखिम मोडमा उभिएको समेत टिप्पणी गरेका थिए ।
११ जेठमा एमाओवादीमा प्रवेश गरेका नेकपा–माओवादीका कार्यकर्ताहरुको स्वागत गर्दै अध्यक्ष दाहालले नेपालमा एउटै कम्युनिष्ट केन्द्र बनाउने भन्दै एकदिन मोहन वैद्य पनि आफ्नो पार्टीमा फर्कने बताएका थिए ।
