समाचारमंगलबार, जेठ १४, २०७०

राजनीतिक निकासका लागि निर्वाचनः कोइराला

हिमालखबर

प्रेस युनियन तनहुँ, शाखाले १४ जेठमा बन्दीपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै सभापति कोइरालाले भने, “अहिलेको संकटको अन्तिम निकास भनेको संविधानसभाको निर्वाचन हो ।” निर्वाचन आगामी मंसिर भित्र सम्पन्न हुने तथा बखेडा झिक्नेहरुलाई जनताले तह लगाउने उनको भनाई थियो । कोइरालाले आगामी मंसिर भित्र निर्वाचन सम्पन्न गर्नका लागि अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीशबाट राजिनामा दिनुपर्ने धारणा राखे ।

कार्यक्रममा कोइरालाले नेकपा–माओवादीलगायतका असन्तुष्ट दलतर्फ इंकित गर्दै सरकार गठन प्रक्रियाकै बिषयलाई लिएर निर्वाचनमै जान्न भन्नु गलत भएको बताए । सानातिना गल्ती कमजोरी देखिए त्यसलाई संविधानसभा निर्वाचनपछि पनि सच्च्याउन सकिने उनको भनाई थियो ।

पवन पौडेल, तनहुँ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>