समाचारमंगलबार, जेठ १४, २०७०
स्प्रिट बोकेको ट्रक पल्टिँदा दुईको मृत्यु
रौतहटको लमाहामा १३ जेठ साँझ ग १ क १२५१ नम्बरको ट्रक पल्टिँदा चालक अशोक यादव र सहचालक श्रीराम थापाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दाम परियारले जानकारी दिएका छन् । ट्रक रौतहटको गरुडास्थित श्रीराम सुगर मिल्सबाट बाराको परसौनीस्थित भवानी डिस्टिलरीमा दुई हजार लिटर स्प्रिट लिएर जाँदै थियो । मृतक दुवैको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा राखिएको छ ।
सञ्जय साह, रौतहटबाट
