थप समाचारबुधबार, जेठ १५, २०७०
पत्रकार प्याकुरेलको दुर्घटनामा निधन
वीरगन्ज–पथलैया सडकखण्डको बाराको जितपुरमा १४ जेठराति टाटासुमोको ठक्करबाट गम्भीर घाइते भएका प्याकुरेलको वीरगन्जमा उपचार हुन नसकेपछि काठमाडौँ लैजाने क्रममा बाटोमा नै निधन भएको हो । बुटवलबाट वीरगन्ज जाँदै गरेको ना१ज ३२५१ नम्बरको टाटा सुमोले ठक्कर दिएको थियो । प्याकुरेलको टाउकोमा गम्भीर चोट लागेको थियो । प्याकुरेलको शव हेटौँडा अस्पतालमा राखिएको छ ।
पत्रकार प्याकुरेल गोरखापत्र र तराई टेलिभिजनका बारा समाचारदाता हुन । इलाका प्रहरी कार्यालय जितपुरका प्रहरी नायब निरीक्षक शम्भु चौधरीका अनुसार ठक्कर दिने टाटासुमो र चालक कृष्णबहादुर दमाईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

