थप समाचारबुधबार, जेठ १५, २०७०

दिदीबहिनी र मुक्ति रेडियोलाई राष्ट्रिय पुरस्कार

हिमालखबर

पुरस्कार वितरण कार्यक्रममा मन्त्री पौडेलले वरिष्ठ पत्रकार सम्मानबाट गोपाल बुढाथोकी, देवप्रकाश त्रिपाठी र नुनिन्द्र दुलाल (नरेन्द्रजङ्ग पिटर)लाई सम्मान गरे । तीनै जनाले जनही रु दुई लाख र सम्मानपत्र प्राप्त गरे । कार्यक्रममा बोल्दै मन्त्री पौडेलले अर्थ मन्त्रालयबाट स्वीकृति प्राप्त हुने बित्तिकै पत्रकारको दुर्घटना बिमाको काम अगाडि बढ्ने बताए ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष शिव गाउँलेले राजनीतिक सङ्क्रमण लम्बिरहेको बेला जनसंसद्को काम गर्ने सञ्चारकर्मी र सञ्चारमाध्यमको पहिलो चासो संविधानसभाको निर्वाचन भएको बताउँदै सरकार टिकाउने र निर्वाचन नगर्ने काममा नलाग्न सरकारको ध्यानाकर्षण गराए ।

पुरस्कृत रेडियो मुक्ति, बुटवलका स्टेसन म्यानेजर खेमकुमारी पोख्रेलले मोफसलका रेडियोलाई राज्यले लोककल्याणकारी विज्ञापनलगायत अन्य सहयोग उपलब्ध गराउन आग्रह गरिन । रेडियो दिदीबहिनी पर्वतका अध्यक्ष कल्पना चापागाईंले आफूहरू जस्तै साना लगानीका सञ्चारमाध्यमलाई धेरै सहयोग गर्न सरकारसँग माग गरिन् ।

सम्मानित पत्रकार बुढाथोकीले आफूले प्राप्त गरेको रकम सामाजिक सेवामा खर्च गर्ने प्रतिबद्धता जनाउँदै अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट प्राप्त पुरस्कार रकमसमेत आफूले द्वन्द्वकालमा राज्यका तर्फबाट मारिएका रामेछापका पत्रकार राजकुमार केसीको बालबच्चाको शिक्षादीक्षामा खर्च गरेको जानकारी दिए । अर्का पुरस्कृत व्यक्तित्व पिटरले राजनीतिक सङ्क्रमण व्याप्त भएको बेला जनताको खास प्रतिनिधिका रूपमा रहेको सञ्चारमाध्यम र सञ्चारकर्मीको प्रमुख भूमिका हुनुपर्नेमा जोड दिए । अर्का सम्मानित त्रिपाठीले पत्रकारितामा नैतिक मूल्यको सङ्कट परेको छ भन्दै त्यसलाई जोगाउनै मुस्किल परेको बेला राज्यका तर्फबाट गरिएको सम्मानले उत्साहित बनाएको बताए ।

पुरस्कार छनोट समितिका सदस्य कुन्द दीक्षित, यशोदा तिम्सिना, मनऋषि धिताललगायतले पनि आ–आफ्नो धारणा राखेका थिए । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>