थप समाचारबुधबार, जेठ १५, २०७०
नागरिक समाजको गणतन्त्र दिवस (फोटो फिचर)
जनताको संघर्ष र बलिदानबाट २४० वर्षे निरंकुश राजतन्त्रको अन्त्य गरी स्थापना भएको गणतन्त्र छैटौं वर्षमा प्रवेश गरिरहदा जनता भने खुशी भन्दा पनि निराश बन्नु परिरहेको छ ।
निरंकुश राजतन्त्रबाट खोसेर जनताले आफ्ना प्रतिनिधि राजनीतिक दललाई सुम्पिएको लोकतन्त्र पनि तिनै दलहरुले निर्दलीय व्यवस्थाको सरकारलाई जिम्मा लगाएर देशलाई प्रतिगमन तर्फ धकेलेका छन् ।
त्यसैगरी आफ्नो पेशा, जिम्मेवारी र प्रतिष्ठाले स्वच्छ व्यक्ति नियुक्त गर्नुपर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख जस्तो गरिमामय ठाउँमा जनआन्दोलन दबाउन भूमिका खेल्न तत्कालिन राजालाई बल पुर्याउने, पद र प्रतिष्ठाको दूरुपयोग गर्ने लोकमानसिंह कार्की जस्ता व्यक्तिलाई नियुक्त गरिएको छ ।
त्यसैले गणतन्त्र दिवशको दिन १५ जेठले जनतालाई उत्साहित बनाउँन सकेन । राजनैतिक दलहरुको रवैयाले शहिदको अपमान गरिरहेको छ ।
न्यायालयलाई दबावमा राखी सरकारद्वारा गरिएको नियुक्ति र जनभावना विपरित उसलाई दिइएको टेवाको विरोधमा १५ जेठमा लोकतन्त्र तथा शान्तिका लागि पेशागत संजाल(पापड) र राष्ट्रियता र लोकतन्त्रका लागि नागरिक अभियानद्वारा नागरिक सभाको आयोजना गरिएको थियो ।
प्रस्तुत छ नयाँ बानेश्वरमा आयोजित सभाका केही दृश्यहरुः

सभालाई सम्बोधन गर्दै द्वन्द्व पीडित संस्थाका राम कुमार भण्डारी, डा। गौरीशंकर लाल दास, मिरा कायस्थ वरिष्ठ कवी विजय बजिमय र कार्यक्रमका अध्यक्ष महेन्द्र गुरुङ (पछाडी बायाँबाट क्रमशः)
शब्दः दुर्गा लामिछाने
तस्वीरः देवयानी सिवाकोटी
समाचारका लागि यो लिंक हेर्नुस ।





