समाचारबिहीबार, जेठ १६, २०७०
श्रीमानद्धारा श्रीमतीको हत्या
दमकमा होटल सञ्चालन गर्दै आएका भुपालले १६ जेठ बिहान धारिलो हतियार प्रहार गरेर श्रीमतीको हत्या गरेको प्रहरीले जानकारी दिएको छ । घाँटी र निधारमा चोट लागेका गंगाको छिमेकहरूले उपचारका लागि लाइफ लाइन अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो । हत्याका अभियुक्त भुपाल फरार छन् । राई दम्पत्तीका १० वर्ष मुनिका दुई छोरा छन् ।
यसैबीच झापाकै जलथल–१ का अलकसुर उराउको गएराति हत्या भएको छ । मोटरसाइकलमा आएका तीन अपरिचितले छुराहानेर घाइते बनाएका उराउको उपचारका लागि धरान लैजाँदै गर्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । अभियुक्तहरुले छुराहानी घाइते बनाएका अर्का स्थानिय युबक रामबहादुर तामाङको उपचार भइरहेको छ । प्रहरीले एकजना संदिग्धलाई नियन्त्रणमा लिएको छ ।
गोपाल गडतौला, झापा
