थप समाचारशुक्रबार, जेठ १७, २०७०

चाइना डेलीको औपचारिक शुभारम्भ

हिमालखबर

चाइना डेलीको औपचारिक शुभारम्भ गर्दै सूचना तथा सञ्चार मन्त्री माधवप्रसाद पौडेल र नेपालका लागि चिनीयाँ राजदुत वु चुनताई । तस्वीरहरूः देवयानी सिवाकोटी/हिमालखबर

ललितपुरमा १७ जेठमा आयोजित समारोहमा सूचना तथा सञ्चार मन्त्री माधवप्रसाद पौडेल र नेपालका लागि चिनीया राजदुत वु चुनताईले संयुक्त रुपमा चाइना डेलीको शुभारम्भ गरेका हुन । हङकङबाट प्रकाशित चाइना डेली १८ फागुनदेखि नेपाली टाइम्सका पाठकहरूले नियमित रुपमा पढ्दै आएका छन् ।

आर्थिक, भूराजनीतिक र सांस्कृतिक विषयमा एसियाली दृष्टिकोण पस्कदै आएको चाइना डेली २४ पेजको छ । अमेरिका, भारत, इन्डोनेसियालगायत २४ ठाउँबाट प्रकाशन हुँदै आएको डेली टेबलोइड आकारको पत्रिका हो ।

औपचारिक शुभारम्भ कायक्रममा मुख्य सचिव लिलामणि पौड्यालले आफूले चाइना डेलीको अनलाइन संस्करण लामो समयदेखि पढ्दै आएको र सो पत्रिकामा प्रकाशित सामग्री नेपाली पाठकका लागि रुचिकर भएको बताए । उनले नेपाललगायतका विकासशील देशको विषयमा विश्वका चर्चित मिडियाले राम्रो रिर्पोटिङ नगरीरहेको अवस्थामा दुई साप्ताहिकबीचको सहकार्यले सकारात्मक रिर्पोटिङमा भूमिका खेल्न सक्ने धारणा राखे ।

नेपालका लागि चिनीया राजदुत चुनताईले चाइना डेलीसँगको नेपाली टाइम्सको सहकार्य दुबै देशका पाठकका लागि उपयोगी भएको बताए । आफूहरूले गरेको आर्थिक प्रगती छिमेकसँग बाँड्न चाहिरहेको अवस्थामा चाइना डेली र नेपाली टाइम्सबीचको सहकार्य कोशेढुंगा सावित बन्नु पर्ने चुनताईको भनाई थियो ।

नेपाली टाइम्सका प्रकाशक तथा सम्पादक कुन्द दीक्षितले चाइना डेलीसँग सहकार्य गर्न पाउँदा गर्व लागेको बताए । आफूहरूको सहकार्य छिमेकी देशको आर्थिक प्रगतीबारे पाठकहरूलाई बढी भन्दा बढी सूचना प्रवाह गर्नमा केन्द्रित हुने उनको भनाई थियो ।

चाइना डेलीका प्रकाशक तथा प्रधान सम्पादक झु लिले दुई साप्ताहिक बीचको सहकार्यले नेपाल र चीनबीच कम्युनिकेसन ब्रिजको काम गर्ने बताए । चाइना डेलीमा प्रकाशित आर्थिक, राजनीतिक, सामाजिक विषयबाट नेपाली पाठकले पनि धेरै भन्दा धेरै लाभ लिन सक्ने उनको विश्वास थियो ।

यसै अवसरमा नेपाल र चीनबीचको व्यापार तथा पर्यटनलगानी बारे बृहत बहस भएको छ । बहसमा काठमाडौंस्थित चिनिया दुतावासका कर्मसियल काउन्सिल पेङ वेइ, नेपाल लगानी बोर्डका राधेश पन्त, नेपाल उद्योग वाणिज्य महासंघका सुरज वैद्य, सन्दीप शाह, भास्कर कोइराला, झङ सोङ लगायतले मन्तब्य व्यक्त गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>