समाचारशुक्रबार, जेठ १७, २०७०

हिउँमै रहने भयो, कञ्चनजंघा आरोहीको शव

हिमालखबर

हिउँ पग्लिएर शव उठाउन कठिनाइ भएको तथा खर्च पनि अधिक लाग्ने भएपछि गत जेठको पहिलो हप्ता कञ्चनजङ्घा हिमालमा मरेका आरोहीको शव हिमालमै छोडिने भएको छ ।

कञ्चनजंघा आरोहण गरी फर्कने क्रममा ७४०० मिटरको उचाईमा ४ जेठदेखि हराएका दुई नेपाली, दुई हंगेरी र एक कोरियाली नागरिकको शव ९ जेठमा फेला परेको थियो ।

हिमाल पग्लिएर शव उठाउन समस्या पर्ने र उद्धारका लागि पठाइएको टोली नै जोखिममा पर्ने भएपछि मृतकका आफन्त र आरोहणमा पठाउने टे«किङ एजेन्सीले अब शव नठाउने निधो गरेका हुन् ।

उद्धारमा गएको टोली पनि शव रहेको स्थलमा पुगेर उद्धार गर्न नसक्ने भन्दै फर्किएको छ । “एजेन्सीले हिम्मत पनि गरेको हो, तर उद्धार प्रयास सम्भव भएन”, सेभेन समिट ट्रकिङ एजेन्सीका प्रवन्धक मिङमा शेर्पाले भने ।

उनले मे महिनाको दोस्रो सातादेखि नै हिमालको हिउँ पग्लने क्रम शुरु हुने भएकाले यो उचाईबाट शव निकाल्नु उद्धारकर्ताहरु आफैँका लागि पनि जोखिम हुने बताए । उद्धारकर्ताले नै नसक्ने भनेपछि शव ननिकालिने निर्णय गरिएको प्रवन्धक शेर्पाले जानकारी दिए ।

कञ्चनजङ्घा आरोहणको ४ नं आधार शिविरमा सङ्खुवासभा मकालु–५ बस्ने फुदोर्जी शेर्पा, सङ्खुवासभाकै हटियाखोला–७ बस्ने विवश गुरुङ, हंगेरीयन नागरिक पिटर किस, जेड सोल्ट इरोस र कोरियन नागरिक नामसो पार्कको मृत्यु भएको थियो ।
-रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>