समाचारशुक्रबार, जेठ १७, २०७०

सरकारद्वारा मे २८ लाई राष्ट्रिय दिवस घोषणा

रासस

६ वर्षअघि गणतन्त्र स्थापना भएको दिन १५ जेठलाई गणतन्त्र दिवसका रुपमा मनाउँदै आए पनि नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गरेका मुलुकहरूले नेपालका राष्ट्राध्यक्ष एवम् सरकार प्रमुखलाई राष्ट्रिय दिवसमा शुभकामना सन्देश प्रेषित गर्नेलगायत प्रयोजनका लागि सरकारले २८ मेलाई राष्ट्रिय दिवस घोषणा गरेको परराष्ट्र मन्त्रालयका प्रवक्ता अर्जुन थापाले जानकारी दिएका छन् ।

हालैको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको जानकारी दिँदै प्रवक्ता थापाले १७ जेठमा आयोजित पत्रकार सम्मेलनमा सरकारको उक्त निर्णयले नेपालको राष्ट्रिय दिवस कहिले भन्ने अन्तर्राष्ट्रिय समुदायको जिज्ञासा सम्बोधन गरेको बताए । बितेको ६ वर्षयता नेपालको राष्ट्रिय दिवस निर्धारण भएको थिएन ।

“राष्ट्रिय दिवसको दिन निर्धारण भएको जानकारी शिष्टाचार महाशाखाले सम्बन्धित निकायलाई जानकारी गराइरहेको छ,” कूटनीतिक नियोग तथा अन्तर्राष्ट्रिय समुदायलाई २८ मे बारे पत्राचार भइरहेको जानकारी दिँदै थापाले भने ।

इस्तानबुल र अल्माटी कार्ययोजना कार्यान्वयनको अनुगमन एवम् मूल्याङ्कनका लागि सरकारले परराष्ट्रमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय समिति गठन गरेको जानकारी पनि उनले दिए ।

लण्डनस्थित नेपाली दूतावास भवन बिक्री गर्ने–नगर्ने भन्नेबारेमा सरकारले गठन गरेको उच्चस्तरीय समितिले स्थलगत अध्ययन गरी प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयसमक्ष प्रस्तुत गरिसकेको जानकारी दिँदै थापाले त्यससम्बन्धी विस्तृत विवरण चाँडै सार्वजनिक हुने बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>