समाचारशनिबार, जेठ १८, २०७०

‘तत्काल स्ववियु निर्वाचन हुने सम्भावना छैन’

हिमालखबर

२३ जेठका लागि तय गरिएको स्ववियुको निर्वाचन वातावरण नभएको भन्दै १६ जेठमा बसेको विश्वविद्यालयका पदाधिकारी र विद्यार्थी सङ्गठनका प्रमुखको बैठकले स्थगन गर्ने निर्णय गरेको थियो ।

विश्वविद्यालयका शिक्षाध्यक्ष गुणनिधि न्यौपानेले जेठभित्र निर्वाचन हुनसक्ने अवस्था भएको भए २३ गतेका लागि तय भएको निर्वाचन स्थगन नै नहुने भन्दैै तत्काल निर्वाचनको सम्भावना नरहेको प्रस्ट पारे ।

उनले विद्यार्थी संगठनबीचको विवादका कारण स्ववियु निर्वाचनको वातावरण बिग्रिएपछि उनीहरुकै सल्लाहमा निर्वाचन स्थगन गरिएको पनि बताए ।

नेपाल विद्यार्थी संघका नेता लेखनाथ पोखरेलले आफूहरुले लामो समयसम्म गरेको सङ्घर्षपछि स्ववियु निर्वाचनको मिति तय भए पनि अन्य विद्यार्थी संगठनको खिचातानीका कारण वातावरण बन्न नसकेको दाबी गरेका छन् ।

नेकपा–माओवादी निकट अखिल (क्रान्तिकारी) का अध्यक्ष शरद रसाइलीले आगामी मंसीर यता स्ववियु निर्वाचन हुने कुनै सम्भावना नरहेको बताए । अनेरास्ववियुका सचिव रचना खड्का भने क्रान्तिकारी विद्यार्थी सङ्गठनहरुले गरेको तालाबन्दीबाट उब्जिएको समस्या समाधानका लागि विश्वविद्यालयले पहल नगरेकाले यस्तो अवस्था आएको भन्दै तत्काल मिति घोषणा गर्न माग गरिन् ।
-रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>