समाचारशनिबार, जेठ १८, २०७०

मुलुकमा कुशल नेता भएनन्: राजेश हमाल

हिमालखबर

रिपोर्टर्स क्लब नेपाल दाङले १८ जेठमा तुलसीपुरमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नायक राजेश हमालले मुलुकको समग्र विकास नहुनुमा राजनीतिक नेतृत्व जिम्मेवार रहेको भन्दै मुलुकलाई कुशल नेतृत्वको खाँचो रहेको बताएका छन् ।

हमालले राजनीति देशको मेरुदण्ड भएको चर्चा गर्दै मेरुदण्ड नै ठीक बाटोमा नआएसम्म अन्य क्षेत्रको विकासको कल्पना गर्न नसकिने पनि बताए ।

नेताहरूले विदेशीको उदाहरण दिएर संविधान निर्माण हुन नसकेको भन्दै उनले नेपाली माटो सुहाउँदो र नेपाली जनताका हकअधिकार सुनिश्चत हुने संविधान निर्माण गर्न राजनीतिक दलहरूलाई आग्रह गरे ।

नेपाली जनताले मुलुकमा गणतन्त्र ल्याउन ठूलो क्रान्ति गरेको भए पनि गणतन्त्रको अनुभूति भने गर्न नपाएको भन्दै उनले थपे, “अब जनताले शान्ति र समृद्धि चाहेका छन्, क्रान्ति होइन ।”

नायक हमालले पछिल्लो समयमा नेपाली चलचित्र क्षेत्रको धेरै विकास भएको भन्दै तर चुनौतीहरू पनि प्रशस्तै रहेको बताए । उनले पहिलेको तुलनामा नेपाली मौलिकता र मन छुने चलचित्र नबनेका कारण केही निरासा छाए पनि राम्रो चलचित्र बने नेपाली दर्शकले माया गर्ने बताएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>