समाचारआइतबार, जेठ १९, २०७०

रेग्मी सरकारलाई चाडै विस्थापन गर्नुपर्छः थापा

हिमालखबर

कांग्रेस केन्द्रीय सदस्य गगन थापाले सक्दो चाँडै वर्तमान सरकारलाई विस्थापन गर्नुपर्ने भन्दै त्यसका लागि शिघ्र संविधानसभाको निर्वाचन हुनु जरुरी रहेको बताएका छन् ।

नेपाली कांग्रेस काभ्रे, क्षेत्र नं १ ले मंगलटारमा १८ जेठमा गरेको प्रशिक्षण कार्यक्रममा  बोल्दै थापाले एमाओवादीले निर्वाचन नचाहेको आरोप लगाउँदै मोहन बैद्य लगायत असन्तुष्ट शक्तिलाई सहमतिमा ल्याउन एमाओवादीले नचाहेको दाबी गरे ।

उनले भने, “एमाओवादीले एकतन्त्रीय शासन चाहने भएकाले उसले मधेशवादी दलसँग मिलेर देशको लालपुर्जा बेचेरै भए पनि अकन्टक शासन चलाउने चाहना राखेको छ ।”

कार्यक्रममा बोल्दै अर्का केन्द्रीय सदस्य प्रकाशशरण महतले एमाओवादीले एकतन्त्रीय शासन चाहेकाले नै राष्ट्रपतीय शासनको वकालत गरिरहेको आरोप लगाए ।

कार्यक्रममा एमाओवादी, एमाले, राप्रपा लगायतका दल परित्याग गरी करिब १ सय नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका थिए ।
नगेन्द्र अधिकारी, काभ्रे

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>