समाचारआइतबार, जेठ १९, २०७०

एसएलसी नतिजा असार पहिलो साता

हिमालखबर

एसएलसी परीक्षाको उत्तरपुस्तिका परीक्षण सकिएर सम्परीक्षणको काम भइरहेको परीक्षा नियन्त्रक खगराज बरालले जानकारी दिएका छन् । त्यसमध्ये दुई वटा केन्द्रको मात्रै उत्तरपुस्तिका कार्यालयमा आउन बाँकी रहेको उनले बताए ।

बरालले भने, “नतिजा सार्वजनिक गर्न तीव्र रुपमा काम भइरहेकोले प्राविधिक समस्या नआए असार पहिलो साताभित्रमा परीक्षाफल सार्वजनिक गर्नेछौं ।”

गत चैत १ देखि ९ सम्म चलेको ५८ वटा विषयको ७९औँ संस्करणको एसएलसी परीक्षामा पाँच लाख ४७ हजार एक सय ६५ जना परीक्षार्थी सहभागी भएका थिए । परीक्षार्थीको उत्तरपुस्तिका ६० केन्द्रमा परीक्षण भएको थियो ।

यस पटकको एसएलसी परीक्षामा नियमिततर्फ चार लाख ३० हजार ९७ र पुनर्परीक्षा (एक्जाम्टेड) तर्फ एक लाख १७ हजार ६८ जना सहभागी भएका छन् । गत वर्ष जेठको ३१ गते नतिजा सार्वजनिक भएको थियो ।
-रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>