थप समाचारआइतबार, जेठ १९, २०७०

अफगानिस्तानमा ५७ तालिवानको मृत्यु

हिमालखबर

फाइल तस्बीर: रोयटर्स

सरकारी सेना तथा नेटो सैन्यद्वारा संयुक्तरुपमा गरिएको कारबाहीमा परी ५७ जना तालिवान हतियारधारी मारिएको अफगानिस्तानको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सरकारी सेना र नेटो सैन्यले गत २४ घन्टामा गरेको कारबाहीका क्रममा ती हतियारधारी मारिएको उल्लेख छ ।

अफगानिस्तानमा तालिवान लडाकूका विरुद्ध नेटो र सरकारी सेनाले संयुक्तरुपमा कारबाही गर्ने गरेका छन् । अफगानिस्तानको कान्दाहार, घाज्नी, हेलमान्ड कापिसा, पाक्टिका र पाक्टियाप्रान्तमा गत २४ घण्टाभित्र जारी राखेको कारबाहीको क्रममा ५७ जना हतियारीधारी तालिवानी आतङ्ककारीको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।

कारबाहीको क्रममा अन्य ११ जना तालिवानी पक्राउ परेको र केही शक्तिशाली हतियारसमेत बरामद भएको अफगान गृहमन्त्रालयले जनाएको छ ।

अफगानिस्तानमा सुरक्षा प्रदान गरिरहेका नेटो सैनिकले आगामी सन् २०१४ को अन्त्यसम्ममा अफगानिस्तान छोडिसक्ने भएकोले अहिले तालिबान विरुद्धको कार्वाहीलाई तिव्र पारिएको छ ।

नेटो सैनिकले अफगानिस्तान छोड्ने समय नजिकिँदै गर्दा पनि त्यहाँ शान्ति सुरक्षाको राम्रो प्रबन्ध भने हुन सकिरहेको छैन । तालिवानहरूले पनि विभिन्न समयमा सुरक्षाकर्मी तथा सर्वसाधारणको हत्या गर्ने गरेका छन् ।
-सिन्ह्वा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>