समाचारआइतबार, जेठ १९, २०७०

निर्वाचन ऐनमा सहमति हुन्छः सिटौला

हिमालखबर

१९ बैशाखमा विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले विगतमा चार दलबीच ११ बुँदे राजनीतिक र २५ बुँदे बाधाअड्काउ फुकाउमा भएको सहमतिको परिधिभित्रमै रहेर निर्वाचन ऐन अध्यादेश जारी हुने बताएका छन् ।

निर्वाचन अध्यादेश जारी भए लगत्तै मंसीरको पहिलो सातामा निर्वाचन गर्नका लागि निर्वाचन मिति घोषणा हुने पनि सिटौलाले बताए ।

उनले मंसीरमा निर्वाचन हुनेमा शंका नगर्न आग्रह गर्दै निर्वाचनको वातावरण बनाउन नागरिक समाज, विद्यार्थी, बुद्धिजीवीसँग आग्रह गरे । सिटौलाले नेकपा–माओवादीसँग वार्ता भइरहेको जानकारी दिँदै माओवादी आगामी संविधानसभा निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>