थप समाचारसोमबार, जेठ २०, २०७०
भेन्टिलेटरमा रहेका युवालाई राहत
पाँच बर्षअघि रोजगारीका क्रममा कतार पुगेका रुकुमका मनोज केसी त्यहाँ सडक दुर्घटनामा परेपछि कतारकै अस्पतालमा तीन वर्षदेखि अचेत अवस्थामा छन् ।
केसीको अवस्थाका बारेमा हिमाल खबरपत्रिकामा समाचार प्रकाशित भएपछि काठमाडौंका ब्यवसायी सुमनकुमार महतले पीडितकी आमालाई २५ हजार रुपैयाँ राहत प्रदान गरेका छन् ।
काठमाडौँमा बस्दै आएका ब्यवसायी महतले दिएको सो राहत रकम हिमाल संवाददाता मार्फत घाईते मनोजकी आमा बेलमति खत्रीलाई हस्तान्तरण गरिएको छ ।
छिमेकीसँग एक लाख ४० हजार ऋण लिएर कतार पुगेका मनोज एक बर्षमै गाडी दुर्घटनामा परी टाउको र छातीमा गहिरो चोट लागेको थियो ।
‘श्वास प्रश्वास बाहेक शरीरका कुनै अंग चल्दैन्,” आमा बवेलमतीले भनिन्, “खान बोल्न सक्दैन, होस नै छैन ।”
केसीका बाबु हिमबहादुर पनि भारतको सिमलास्थित अस्पतामा मुटुको शल्यक्रिया गरेर भर्खरै फर्केका छन्, “दुई लाख रुपैयाँ अपरेशन गर्दा ऋण लागेको छ, कसरी तिर्ने होला,” बेलमतीले भनिन् ।
लक्ष्मण केसी, रुकुम

