थप समाचारसोमबार, जेठ २०, २०७०

काठमाडौंमा ‘इको–फेयर २०१३’ हुने

हिमालखबर


'इको-फेयर २०१३' बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलन।

विश्व वातावरण दिवसको अवसर पारेर हिमाल मिडिया र विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयको संयुक्त आयोजनामा २२ जेठदेखि काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा ‘नेपाली टाइम्स इको–फेयर २०१३’ हुने भएको छ । प्रदर्शनी २४ जेठसम्म चल्नेछ ।

जलवायु परिवर्तन तथा मानवजन्य कारणले निम्तिएको वातावरणीय समस्या र त्यसबाट मानव स्वास्थ्यमा परिरहेको असरका बारे जानकारी गराउँदै यस्तो असर कसरी कम गर्न सकिन्छ भनेर प्रदर्शनी शुरु गरिएको हो ।

आफ्नै वरीपरी पाइने सामानबाट कसरी वातावरणमैत्री उत्पादन गर्न सकिन्छ भन्नेबारे प्रदर्शनी महत्वपूर्ण हुनेछ । वातावरणमैत्री सामानको अवलोकनसँगै इको–फेयरमा दर्शकहरुले किनमेल पनि गर्न सक्नेछन् ।

प्रदर्शनीबाट दर्शकहरुले वातावरणमैत्री सौर्य उर्जा, बायो उर्जा, जलविद्युत् साना जलविद्युत्, ऊर्जा बचत प्रविधि, बायो ब्रिकेट, वातावरणमैत्री पर्यटन, रेन वाटर हार्भेस्टिङ, लोक्ता कागज प्रशोधन र माटोका भाडा बनाउने प्रविधिको विस्तृत जानकारी पाउनेछन् ।

विद्युतीय सवारी साधनहरुको प्रदर्शनी यसको अर्को महत्वपूर्ण आकर्षण हुनेछ । इको फेयरको पहिलो दिन इको–लर्न सम्बन्धी प्रवचन कार्यक्रम समेत हुनेछ ।

प्रदर्शनीमा वातावरणमैत्री उत्पादनको महत्वबारे बुझाउन प्रत्यक्ष नमूना प्रदर्शन कार्यक्रम समेत गरिनेछ ।

वातावरणमैत्री उत्पादन बढाउन विभिन्न जानकारी समेत दिइने प्रदर्शनीमा ८० स्टल रहनेछन् भने प्रवेश निशुल्क गरिएको छ। करिब एक लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको प्रदर्शनीलाई लक्ष्मी बैंकले आर्थिक सहयोग गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>