समाचारसोमबार, जेठ २०, २०७०

वैदेशिक रोजगारीमा १० महिनामा एक अर्ब ठगी

हिमालखबर

२०७० बैशाख मसान्तसम्ममा वैदेशिक रोजगारीको नाममा ठगिएका मध्ये रु. १० करोड ११ लाख ६ हजार मात्रै असुल भएको श्रम तथा रोजगार मन्त्रालयका सहसचिव बुद्धिबहादुर खड्काले हिमालखबरलाई जानकारी दिए । उनका अनुसार त्यस अवधिमा दर्ता भएका विभिन्न ३९४ उजुरी मध्ये १३७ बाट रकम असुल गर्न सकिएको छ ।

विभागमा गत बैशाखमा मात्रै  ८ करोड ५९ लाख २० हजार रुपियाँ ठगीका २१० उजुरी दर्ता भएका छन् । ठगहरूबाट बैशाखमा  एक करोड १५ लाख १२ हजार रुपियाँ सम्बन्धीत धनीलाई फिर्ता गराइएको छ ।

यसैबीच अघिल्लो बैशाखको तुलनामा यसपटक वैदेशिक रोजगारीका लागि अनुमति लिनेको संख्या १४.२७ प्रतिशतले बढेको छ । बैशाखमा २२,२१३ महिला र ३,३५,४९४ पुरुष गरी ३,५७,७०७ जनाले वैदेशिक रोजगारीमा जाने अनुमति लिएको सहसचिव खड्काले जानकारी दिए ।

सन्त गाहा मगर, काठमाडौं

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>