समाचारमंगलबार, जेठ २१, २०७०
उपराष्ट्रपति झा, चीन भ्रमणमा जाँदै
दश सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उपराष्ट्रपति झा २१ जेठ दिउँसो तीन बजे चीनतर्फप्रस्थान गर्ने कार्यक्रम छ ।
चीनको दक्षिण पश्चिमी प्रान्त युनानको राजधानी कुनमिङमा आयोजना हुने प्रथम दक्षिण एसियाली व्यापार मेलामा सहभागी हुन त्यसतर्फप्रस्थान गर्ने उपराष्ट्रपति कार्यालयले जनाएको छ ।
उनी कुनमिङबाट चीनको राजधानी बेइजिङ जाने र त्यहाँ चिनियाँ समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
उपराष्ट्रपति झा बेइजिङबाट चीनको औद्योगिक महानगर साङघाइ हुँदै २६ जेठमा स्वदेश र्फकने कार्यक्रम रहेको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।
उपराष्ट्रपतिका साथ उहाँकी धर्मपत्नी नविना झा, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव लालमणि जोशी, परराष्ट्र मन्त्रालयका सहसचिव अम्बिकादेवी लुइँटेल, नायव शिष्टाचार महापाल नारायण मैनाली लगायत रहनेछन् ।
