समाचारबुधबार, जेठ २२, २०७०

निर्वाचनको विकल्प दिन पौडेलको चुनौती

हिमालखबर

नेपाल प्रेस युनियन रोल्पाले सदरमुकाम लिबाङमा २२ जेठमा आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेस उपसभापति पौडेलले निर्वाचनको विरोध गर्नेहरुले कि त उपयुक्त विकल्प दिनुपर्ने नभए निर्वाचनमा सहभागी हुनुपर्ने बताएका छन् ।

“विकल्प दिन नसक्ने भए यसैमा आउनु पर्‍यो, अब देशलाई अलमलमा पार्नु हुँदैन,” नेता पौडेलले भने ।

निर्वाचन ऐनसम्बन्धी अध्यादेशका लागि उच्चस्तरीय राजनीतिक समितिले गृहकार्य गरिरहेको भन्दै पौडेलले निर्वाचन ऐन जारी हुने वित्तिकै चुनावको मिति घोषणा हुने दाबी गरे । उनले भने, “हामी जसरी पनि मंसीरको पहिला साता चुनाव गराएर छाड्छौं, देशलाई राजनीतिक निकास र जनतालाई विकास चाहिएको छ ।”

उनले मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीश पदबाट राजीनामा दिनु नपर्ने भन्दै राजीनामाले देश अझैं अस्थिरतातिर जाने जिकिर गरे ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई पौडेलले ‘कन्फ्युज्ड मान्छे’ भन्दै थपे, “प्रचण्डजी तपाइँ आफै कन्फ्युज्ड मान्छे हो, जनतालाई पनि कन्फ्युजनमा नपार्नुस । रोल्पा आएर हिंसा त्यागेको घोषणा गर्नुस ।”

हीराबहादुर घर्तीमगर, रोल्पा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>