थप समाचारबुधबार, जेठ २२, २०७०
पहिरोले आमाछोरीको ज्यान लग्यो
घरमा सुतिरहेको अवस्थामा २२ जेठ विहान ४ बजे गएको पहिरोले घर पुरिंदा धनकुटाको महाभारत–२ थाक्चिङराङका आमाछोरी ८४ बर्षीया मकरमाया राई र ४८ बर्षीया दिलमाया राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
घटना लगतै स्थानीयबासी र प्रहरीको सक्रियतामा आमाछोरीको शवलाई पहिरोबाट निकालिएको भएपनि पोष्टमार्टमको लागि जिल्ला अस्पताल लैजान सवारी साधनको समस्या भएको प्रहरी नायब निरीक्षिक तिर्थबाबु गिदेलले बताए । लगातारको वर्षाले भेडेटार महाभारत क्षेत्रमा यातायात अवरुद्ध छ ।
केही समयदेखि विरामी रहेकी आमालाई भेट्न माईत आएकी दिलमाया आमासँगै पुरिएको सई गिदेलले बताए ।
सन्तोष रुचाल, धनकुटा
