थप समाचारबुधबार, जेठ २२, २०७०
दुई महिनाअघि प्रेमविवाह गरेकी श्रीमतीले छुरा हानिन्
सामान्य घर झगडा हुँदा उदयपुरको त्रियुगाकी १८ वर्षीया मीना (विक) राईले १९ वर्षीय श्रीमान् खिलराज राईलाई छुरा प्रहार गरी गम्भीर घाइते बनाएकी छिन् ।
छुरा प्रहारबाट गम्भीर घाइते भएका राईलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुरमा लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि धरानस्थित बिपी मेमोरिय अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताए ।
उनीहरूले दुई महिनाअघि मात्र अन्तरजातीय प्रेमविवाह गरेका थिए । हाल मीनालाई जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान शुरु गरिएको प्रहरीले बताएको छ ।
रासस
