समाचारबुधबार, जेठ २२, २०७०
होटेल सांग्रिलामा आगलागी
राजधानीको लाजिम्पाटस्थित पाँचतारे होटेल सांग्रिलामा २२ जेठ अपराह्न करिब साढे चार बजेदेखि लागेको दुई घण्टापछि नियन्त्रणमा आएको छ ।
आगलागि पछि होटेलमा रहेका पाहुना र कर्मचारीहरुको भागाभाग भएको थियो भने घनावस्ती बीचमा रहेको होटेलमा आगो लाग्दो स्थानीय वासिन्दाहरु समेत त्रसित भएका थिए ।
दमकल, प्रहरी, स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा आएको प्रत्यक्षदर्शीले बताएका छन् ।
क्षतिको विवरण र आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

