थप समाचारबुधबार, जेठ २२, २०७०
बब्लु दुबेलाई भारतीय प्रहरीमा बुझाइयो
दुबेलाई भारत, विहार राज्यको मोतिहारी जिल्लाका एसपी विनय सिंहको नेतृत्वमा आएको टोलीले लिएर गएको स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार दुबेलाई नेपाल प्रहरीले सुपर्दुगी गरेको हो । नारायणी अञ्चल प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालका अनुसार नेपालमा कुनै आपराधिक घटनामा संलग्नता नदेखिएपछि दुबेलाई २१ जेठमा रिहा गरिएको थियो ।
दुबे १४ जेठमा काठमाडौंको सीतापाईलाबाट पक्राउ परेका थिए । प्रहरीले काठमाण्डौंबाट दुवेलाई पक्राउ गरेर रातारात वीरगञ्ज ल्याइएको थियो ।
बिम्मी शर्मा, वीरगञ्ज

