समाचारबिहीबार, जेठ २३, २०७०
पहिरोले एकै परिवारका ७ को मृत्यु ४ बेपत्ता
अविरल बर्षापछि २३ जेठ बिहान करिब एक बजे थुकिमा–५ को सिङथापा भन्ने ठॉउबाट गएको पहिरोले अष्टबहादुर शिवाको घर उनको छोरा सलमान र तेजबहादुको घर बगाएको हो । पहिरोले बगाउँदा अष्टबहादुर, उनकी ६० वर्षीइ श्रीमती, जेठा छोरा सलमान (३१), बुहारी मनुकारी(३५), नाती नानीराम(१४) र खगेन्द्र(१२) र नैना शिवाको शव भेटिएको स्थानीयबासी त्रिभुवन उमाविका शिक्षक अम्बिका राजभण्डारीले हिमालखबरलाई जानकारी दिए । घटनास्थल ताप्लेजुङ सदरमुकाम फुङलिङ देखि सात घण्टाको पैदल दुरीमा छ ।
त्यस्तै अष्टबहादुरका छोरा तेजबहादुर(२५), काजी शिवा(१०), आशिश(६) र आशिका(४) बेपत्ता भएका छन् । सोही पहिरोमा परेर थुकिमा ६ का कुविरसिह सावाका श्रीमति सुकमाया सॉवा सहित तीन जना घाईते भएका छन । घाईते मध्ये सुकमायाको अवस्था गंभिर छ ।
बेपत्ताहरुको खोजी स्थानीयबासी प्रहरीले गरी रहेको छन भने सदरमुकाम फुङलिङबाट थप उद्धार तथा खोजीको लागि नेपाली सेना, सशस्त्र प्रहरी नेपाल घटना स्थलतर्फ भएको प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए ।
राजेन्द्र श्रेष्ठ, ताप्लेजुङ
