समाचारबिहीबार, जेठ २३, २०७०
बांदरमुढेमा शोकसभा, दोषिलाई कार्वाहीको माग
चितवनको माडीस्थित कल्याणपुर गाविस बाँदरमुढे खोलामा तत्कालीन माओवादीले बिच्छ्याएको विद्युतीय धराप विष्फोट हुँदा ३८ जना सर्वसाधारणसहित तीन सैनिकको ज्यान गएको आठ वर्ष पूरा भएको छ । घटनाका मृतकहरुको स्मृतिमा २३ जेठमा बाँदरमुढेमा आयोजित वार्षिकी तथा शोकसभामा पीडितहरुले अझैसम्म पनि घटनाका दोषिहरुमाथि कारवाही नभएको भन्दै शिघ्र कारवाहीको माग गरेका छन् ।
शोकसभा कार्यक्रममा अधिकारकर्मी तथा पत्रकार कनकमणि दीक्षित, युवराज घिमिरे, दिपकजंग कार्की, गिरिश गिरी तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिको उपस्थिति थियो ।
कार्यक्रममा वक्ताहरुले घटना जघन्य भएको र पीडित पक्षलाई उचित राहत र दोषीलाई कारबाही हुनुपर्नेमा जोड दिए ।
घटना गराउनेहरु अझै पनि कानूनी दायरामा नआएको भन्दै पिडितहरुले सरकार र माओवादी पक्षसँग घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।
यसअघि माडीको बाँदरमुढे घट्ना पिडितका लागि नेपाल सरकारले उपलब्ध गराउने भनिएको ६० लाख रुपैयाँ पिडितहरुले नलिने घोषणा गरिसकेका छन् । उनीहरुले ६० लाख स्थानीय आवश्यकतालाई ध्यानमा नदिई पीडकहरुलाई कानूनको दायराबाट टाढै राख्ने प्रपञ्च मात्रै भएको आरोप लगाएका छन् ।
माडीको अयोध्यापुरी–९ बगईबाट खचाखच यात्रु लिएर सदरमुकाम भरतपुरतर्फ आउँदै गरेको ना२ख ३२४५ नम्बरको बसमा माओवादीले विद्युतीय धराप विष्फोट गराएको थियो । घटनामा ७५ जना घाइते भएका थिए ।
————————————————————————————————————————–
माडी नरसंहारको आठ वर्ष
चितवनको माडीस्थित कल्याणपुर गाविस बाँदरमुढे खोलामा तत्कालीन माओवादीले बिच्छ्याएको विद्युतीय धराप विष्फोट हुँदा ३८ जना सर्वसाधारणसहित तीन सैनिकको ज्यान गएको आठ वर्ष पूरा भएको छ । घटनाका मृतकहरुको स्मृतिमा आज बाँदरमुढेमा वार्षिकी तथा शोकसभाको आयोजना गरिएको छ ।
नेपाली सेनाको सहयोगमा घटनाका पीडितले बाँदरमुढे खोलामा निर्माण गरेको स्मारकमा मृतकका आफन्तले दीप प्रज्ज्वलन गरी मृतआत्माको शान्तिको कामनासमेत गर्नेछन् ।
२३ जेठ २०६२ मा भएको घटनामा ७५ जना घाइते भएका थिए । माडीको अयोध्यापुरी–९ बगईबाट खचाखच यात्रु लिएर सदरमुकाम भरतपुरतर्फ आउँदै गरेको ना२ख ३२४५ नम्बरको बसमा माओवादीले विद्युुतीय धराप विष्फोट गराएको थियो ।

