थप समाचारबिहीबार, जेठ २३, २०७०

एसएलसी परीक्षाफल शुल्क तिरेर प्रकाशन नगरिने

हिमालखबर

पत्रपत्रिकामा एसएलसीको परीक्षाफल प्रकाशन गर्दा कार्यालयलाई आर्थिक भार बढेको र पत्रपत्रिकाभन्दा विभिन्न वेभसाइट तथा इन्टरनेट सेवा नै प्रभावकारी हुने भएकाले यस वर्षदेखि शुल्क तिरेर पत्रपत्रिकामा परीक्षाफल प्रकाशन नगर्ने परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक प्रल्हाद अर्यालले जानकारी दिएका छन् ।

कार्यालयले यस वर्ष आफ्नो वेबसाइटको साइज वृद्धि गरेको, विभिन्न सातभन्दा बढी इन्टरनेट सेवा तथा एसएमएसमार्फत तत्कालै परीक्षाफल जान्न सकिने व्यवस्था गरेको उनले बताए ।

यस वर्ष पत्रपत्रिकालाई शुल्क तिरेर परीक्षाफल प्रकाशन नगर्ने भएपछि कार्यालयको करिब रु ३० लाख बजेट बचत हुने उपनियन्त्रक अर्यालले बताए ।

कुनै पत्रपत्रिकाले निःशुल्करूपमा परीक्षाफल प्रकाशन गर्न चाहेमा भने कार्यालयले त्यस्ता पत्रपत्रिकालाई परीक्षाफल प्रकाशन गर्न दिइने उनको भनाई थियोे ।

परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको परीक्षाफल अब एक साताभित्र प्रकाशन गर्ने तयारी गरेको छ । यसवर्षको परीक्षामा कुल पाँच लाख ४७ हजार १६५ परीक्षार्थी सहभागी भएका थिए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>