समाचारबिहीबार, जेठ २३, २०७०
हिमाल शर्माद्वारा राजीनामा
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन मिति घोषणा नभएको विरोधमा आफूले २३ जेठमा स्ववियु सभापति पदबाट राजीनामा दिएको शर्माले हिमालखबरलाई जानकारी दिए । आफ्नो राजीनामाले त्रिविका पदाधिकारीहरूलाई पनि राजीनामाका लागि दवाव पुग्ने शर्माको दाबी छ ।
विद्यार्थी संगठनहरूले एकअर्कालाई चुनाव स्थगनको कारक बताईरहेका बेला शर्माको राजीनामा आएको हो । फर्जी विद्यार्थी भर्नाको विषयमा विवाद भएपछि आजका लागि निर्धारित स्ववियु चुनाव स्थगित भएको थियो ।
