थप समाचारबिहीबार, जेठ २३, २०७०
रमाइलो अन्नपूर्ण संरक्षण क्षेत्र (फोटो फिचर)
एक्याप जैविक विविधता र मनोरम दृष्यका लागि विख्यात छ । यहाँ १ हजार २ सय २६ प्रजातिका फूल फुल्ने वनस्पति, एक सय दुई स्तनधारी, ४ सय ७४ प्रजातिका चरा र ३९ सरिसृपको बासस्थल छ ।
वार्षिक १७ देखि २० करोड आम्दानी गर्ने एक्यापले ले अन्नपूर्ण क्षेत्र भ्रमणमा आउने विदेशी पर्यटकका लागि प्रवेश शुल्क घटाउने तयारी गरेको छ ।
एक्याप क्षेत्रमा छोटो समय र लामो समय घुम्न आउने विदेशी पर्यटकका लागि एउटै शुल्क भएको भन्ने गुनसो बढ्न थालेपछि एक्यापले शुल्क घटाउने तयारी गरेको हो । हाल एक्याप क्षेत्रमा प्रवेश गर्नासाथ २ हजार शुल्क लिने गरिएकोमा एक्यापले विदेशी पर्यटकलाई एक दिनका लागि ५ सय, दुई रात तीन दिनका लागि १ हजार र त्यो भन्दा बढी समयका लागि ३ हजार शुल्क लिने योजना बनाएको छ ।
गुरुङले अब विदेशी पर्यटकहरु थोरै शुल्कमा छोटो समयका लागि एक्याप क्षेत्रका गाउँहरु घुम्न सक्ने बताए ।
शब्द, तस्बीर: युवराज श्रेष्ठ, लमजुङ



