थप समाचारबिहीबार, जेठ २३, २०७०
आजको आवाजले अवार्ड वितरण गर्ने
काठमाडौं उपत्यकाका विद्यालय तथा उच्चमाध्यमिक विद्यालयको सहभागिता हुने अवार्डमा स्कूल तहतर्फ स्कूल अफ दि इयर, वेस्ट टिचर, डिस्ट्रिक टपर, कन्ट्रिब्युसन, भ्याली टपर र स्कूल टपर अवार्ड वितरण गरिने आयोजक संस्थाका अध्यक्ष श्याम तण्डुकारले जानकारी दिए । उच्च माध्यमिक विद्यालय तहतर्फका अवार्डमा प्लस टु अफ दि इयर, वेस्ट पर्फमेन्स, गुडविल अचिभमेन्ट, ए लेभल टपर, प्लस टु एक्सीलेन्ट, गुड पर्फमेन्स, प्लस टु नेपाल टप र सिबिएसइ बोर्ड नेपाल टप अवार्ड छन् । यस्तै ओभरल अवार्डमा डेडिकेसन, एडुकेसन भिजन, लाइफ टाइम अचिभमेन्ट, पब्लिकेसन भिजन र एडुकेसन जर्नालिस्ट अवार्ड रहेका छन् ।
यस्तै सामुदायिक विद्यालयबाट उत्कृष्ट नतिजा हासिल गर्ने एक विद्यार्थीलाई नगद रु. २५००० तथा दुई शिक्षा पत्रकारलाई रु. ५००० नगद पुरस्कार प्रदान गरिने तण्डुकारले जानकारी दिए ।
