समाचारशुक्रबार, जेठ २४, २०७०

दूधको ट्याङ्करसहित दुई जना त्रिशूलीमा बेपत्ता

हिमालखबर

काठमाडौं आउँदै गरेको दूध बोकेको ग १ घ ५४४ नम्बरको पहेंलो नम्बर प्लेटको ट्यांकर २३ जेठ राति १२:३० बजे चितवनको जोगिमारा नजिक सडकबाट करिब ६५ मिटर तल त्रिशूली नदीमा खसेर बेपत्ता भएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

ट्यांकरमा सवार तीन जनामध्ये दुईको अवस्था अज्ञात रहेको प्रहरी चौकी मझिमटारका प्रहरी नायब निरीक्षक बालकृष्ण भट्टराईले जानकारी दिए ।

बेपत्ता हुनेमा ट्यांकर चालक सर्लाही घर भई बुटवल बस्दै आएका छत्रबहादुर थापा र अर्का एक यात्रुको पहिचान खुलेको छैन ।

ट्यांकरका सहचालक प्रकाश पौडेलको सकुशल उद्धार गरिएको ट्राफिक प्रहरी जवान धीरेन्द्र विष्टले बताए । मध्य रातमा भएको दुर्घटनाबारे सकडमा गुडिरहेका अन्य सवारीका यात्रुले प्रहरी कन्ट्रोलमा फोन गरेर जानकारी दिएका थिए ।

घटनाको जानकारी पाए लगत्तै घटनास्थल पुगेको प्रहरीले नदीभित्र डुबेर थोरै भाग देखिएको ट्याङ्करमाथि चिच्याइरहेको अवस्थामा प्रहरी र स्थानीय रोयल बीच क्याम्पका पौडीवाज (कायाक) को सहायतमा पौडेलको उद्धार गरिएको हो ।

राति करिब २ बजेतिर कायाक चालक दीपक महर्जन कायाक लिएर नदीमा पसी सहचालक पौडेलको उद्धार गरेको प्रनानि भट्टराईको भनाइ छ ।

राति परेको पानीले नदी ठूलो हुँदै जाँदा उद्धारमा समस्या थपिएको प्रहरीको भनाइ छ । प्रहरी सूचीमा दुर्घटनाग्रस्त मानिने सो स्थानमा यसअघि बेपत्ता भएका आधा दर्जन सवारी हालसम्म फेला नपरेको प्रहरीले बताएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>