थप समाचारशुक्रबार, जेठ २४, २०७०

पहिरोको त्रासले २८ परिवार विस्थापित

हिमालखबर

सिङथापा डाँडाबाट खसिरेहेको पहिरो नरोकिएपछि ताप्लेजुङ थुकिमा– ६ खुर्पाताका २८ परिवार घर छोडेर गएका छन् ।

स्थानीय नानीबहादुर केदेमले सिङथापा भन्ने ठाउँमा पहिरो गइरहेको र माथिल्लो भेगका बासिन्दाहरुले घरमा नबस्ने भनेर फोन गरेपछि राति नै भागाभाग भएको बताए । केदेमका अनुसार २३ जेठ राति खुर्पाताकका २८ परिवार हतार हतार नाल्बु ५ स्थित लंवापाटीमा रात काटेका छन् ।

पहिरोबाट स्थानीय त्रिभुवन उच्च माविमा अध्ययनरत पाँच जना विद्यार्थीको निधन भएपछि २३ जेठदेखि विद्यालय बन्द गरिएको छ भने नेपाल शिक्षक युनियन, नेपाल शैक्षिक गणतान्त्रिक मञ्च, नेपाल राष्ट्रिय शिक्षक संगठन, नेपाल शिक्षक संघ र अखिल नेपाल शिक्षक संगठनले शोक ब्यक्त गर्दै २४ जेठमा जिल्लाका सम्पूर्ण शैक्षिक संस्था बन्द गरेका छन् ।
राजेन्द्र श्रेष्ठ, ताप्लेजुङ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>