समाचारशुक्रबार, जेठ २४, २०७०
दश बुँदे सहमतिपछि कमलरीको आन्दोलन फिर्ता
महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयमा २४ जेठ साँझ सिर्जना चौधरीको हत्याको सम्बन्धमा सत्यतथ्य पत्ता लगाएर दोषीलाई कारवाही गर्नेलगायतका सहमति भएपछि आन्दोलन फिर्ता लिइएको पूर्व सभासद् शान्ता चौधरीले जानकारी दिइन । सिंहदरबारमा १९ जेठमा प्रहरीले अन्धाधुन्ध लाठी प्रहार गर्दा घाइते भएका महिलाहरूको उपचार सरकारले गर्ने सहमति पनि भएको छ ।
यस्तै मुक्त कमलरीलाई पुनस्र्थापना गर्ने, परिचयपत्र वितरण गर्ने र कमलरीको रुपमा रहँदा कार्यरत घरमै यौन शोषणबाट आमा बन्न पुगेकाहरूबाट जन्मेका वालवालिकाहरूको पहिचान र अंशको अधिकार सुनिश्चित गर्ने प्रक्रिया अगाडि बढाउन पनि सरकार सहमत भएको हो ।
