समाचारशुक्रबार, जेठ २४, २०७०
पूर्व सभासद् हत्याका अभियुक्त: आफ्नै श्रीमती र छोरी
मियाँकी पत्नी नुरजहाँ खातुन र छोरी रुबेदा खातुनले अन्य तीन जनासँग मिलेर पाँच महिना अगाडि बनाएको योजनालाई ६ जेठ राति मूर्त रुप दिएको प्रहरीको दाबी छ । सगरमाथा अंचल प्रहरी कार्यालयमा २४ जेठमा आयोजित पत्रकार सम्मेलनमा सिबिआईका डिएसपी दिनेश आचार्यले हत्या भएको समयमा हत्या गर्ने तीन जना र आमा छोरीबीच धेरै पटक कुराकानी भएको देखिएको जानकारी दिए । १ जेठदेखि योजनाको विषयमा आमा, छोरीसहित पाँच जनाले एकअर्कासँग मोवाइलमा दैनिक कुरा गरेको देखिएको आचार्यको भनाई छ ।

घट्नाका अभियुक्त पूर्व सभासद् सदरुल हक मियाँकी पत्नी नुरजहाँ, छोरी रुबेदा र अब्दुल (बायाँबाट क्रमशः) ।
प्रहरीका अनुसार हत्या भएको राति ९ बजे हत्या गर्ने व्यक्ति र आमाछोरीबीच धेरै पटक सम्पर्क भएको देखिएको छ । हत्याको अभियोगमा सिरहाको लहान–५ का अब्दुल, चतुरी–२ का ऐनुल शेख र लहानकै जमिरुल शेख रहेको जानकारी प्रहरीले दिएको छ ।
यसरी बन्यो योजना
पूर्व सभासद्की छोरी रुबेदा २०६८ फागुनमा झारफुक गराउन लाहनका जमिरुल समक्ष गएका थिए । झाँक्रीको काम गर्ने जमिरुल र रुबेलाबीच पहिलो हेराहेरीले प्रेमको रुप लियो । प्रेम बस्दा दुबैले निकाह(विवाह) गर्ने सोंच बनाएर गरेपनि । यो विवाह पूर्व सभासदलाई अमान्य थियो । छोरीको फैसलाबाट असन्तुष्ट पूर्व सभासद्ले जमिरुललाई ज्वाइँ नमान्ने बताउँदै आएका थिए । जमिरुलसँग गहिरो प्रेम गरेर निकाह गरेकी रुबेलालाई पूर्व सभासद्ले घरमै राखेका थिए । प्रहरीका अनुसार जमिरुलसँग जान मरिहत्ते गरेकी उनले आफ्ना पिताको हत्या गर्ने योजना नै बनाएको देखिएको र यो योजनामा साथ दिइन आमा नुरजहाँले पनि ।
घरमा राखेको रकमसहित बिभिन्न सामान आफ्नो माइतीलाई दिदैं आएकी नुरजहाँको यस बिषयमा सदरुलसँग बारम्बार विवाद हुँदै आएको थियो । कति पटक कुटपिट समेत भएको प्रहरीको भनाई छ । श्रीमान्को व्यवहारबाट दिक्क भएकी नुरजहाँले पनि उनलाई सिध्याउने योजना नै बनाएर छोरीसँग मिलेको प्रहरीको भनाई छ । पाँच महिना अगाडि आमाछोरीले बनाएको यो योजना जमिरुल, अब्दुल र ऐनुलसँग साटासाट गरेकी थिइन् । हत्या गराउन नुरजहाँले ऐनुललाई रु ८० हजार र जमिरुललाई रु. ४० हजार समेत दिएको सिबिआई डिएसपी आचार्य बताउँछन् ।
श्रवणकुमार देव, सप्तरी
