समाचारशनिबार, जेठ २५, २०७०

‘दलहरूले सहमति नगर्दा सरकारलाई अप्ठ्यारो’

हिमालखबर

अध्यक्ष रेग्मीले आफ्नो सरकारी निवासमा २५ जेठ बिहान चार दलका नेतासँगको छलफलमा यस्तो धारणा व्यक्त गरेका हुन । छलफलमा अध्यक्ष रेग्मीले विवादित विषयमा चाँडै सहमति गर्न नेताहरुलाई आग्रह गरेका छन् ।

नेताहरुले भने वार्ता चलिरहेकाले छिटै सहमति पुगिने बताएको मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले जानकारी दिए । निर्वाचनसम्बन्धी अध्यादेशका बारेमा छलफल जारी रहेको र चाँडै सहमतिमा पुग्ने गच्छदारको विश्वास थियो । २४ जेठमा चार दलबीच भएको छलफलका बारेमा नेताहरुले अध्यक्ष रेग्मीलाई जानकारी गराएका थिए ।

बैठकमा एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेस सभापति सुशील कोइराला, नेकपा एमाले अध्यक्ष झलनाथ खनाल र मधेसी मोर्चाको तर्फबाट तराई मधेश लोकतान्त्रिक पार्टी महन्थ ठाकुर र गच्छदार सहभागी थिए ।

दलहरुबीच निर्वाचन अध्यादेशमा थ्रेसहोल्डको व्यवस्था, फौजदारी अभियोग लागेकालाई उम्मेद्वारी बनाउने वा नबनाउने, उम्मेद्वारको सम्पत्ति विवरण सार्वजनिक गर्ने वा नगर्नेलगायतका विषयमा विवाद छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>